
काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज दुराकको राजीनामा माग गरेका छन । बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडा र सचिव दुराको राजीनामा मागेका हुन् ।
उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए । उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको एमाले सांसद गिरीको तर्क छ ।