समाचार

वर्तमान सरकारको राजनीतिक वैधता समाप्त भयोः माओवादी केन्द्र

२०८२ असार १८ गते १५:२२

काठमाण्डू, १८ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको बताएको छ । जनताको मनमस्तिष्कबाट पनि सरकार विस्थापित भइसकेको माओवादीको तर्क छ । आज (बुधबार) माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो...

बुल्गेरिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८२ असार १८ गते १५:१२

काठमाण्डू, १८ असार– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसी रहेकी छिन् । कमलाले बुल्गेरिया...

पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

२०८२ असार १८ गते १४:४९

काठमाण्डू, १८ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी उनी निकट स्रोतले जानकारी दिएको छ । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि...

निजामति सेवा विधेयकमाथिको चलखेल गम्भीर अपराध होः कृष्णगोपाल श्रेष्ठ

२०८२ असार १८ गते १४:४५

काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामति सेवा विधेयकमाथि गरिएको चलखेल गम्भीर अपराध भएको बताएका छन । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यस्तो बताएका हुन । कुलिङ अफ पिरियडमाथि भएको जालसाझीको चर्चा गर्दै उनले यो कमजोरी...

पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउने

२०८२ असार १८ गते १४:३८

काठमाण्डू, १८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला आउने भएका छन् । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला आउन लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ...

  संविधानसभा सदस्य यादवको निधन

२०८२ असार १८ गते १४:३३

काठमाण्डू, १८ असार–    संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसचिव रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा आज (बुधबार) वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७०...

रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण माग

२०८२ असार १८ गते १४:२८

काठमाण्डू, १८ असार– नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको पार्टी सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने । गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग...

नेतृत्वको बहस रोक्न शंकर पोखरेलको निर्देशन

२०८२ असार १८ गते १४:२२

काठमाण्डू, १८ असार– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन गरेका छन । आज (बुधबार) बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन । महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको तर्क गरेका हुन ।...

सभापतिदेखि सबैमाथि छानबिन गरियोस्ः माओवादी केन्द्र

२०८२ असार १८ गते १३:०९

काठमाण्डू, १८ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही गर्न माग गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने...

श्रीमती बचाउन गएका श्रीमानको करेन्ट लागेर मृत्यु

२०८२ असार १८ गते १३:०५

काठमाण्डू, १८ असार– बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले...

निजामती विधेयकमा भएको चलखेलको छानबिन हुन्छः कार्यवाहक प्रधानमन्त्री सिंह

२०८२ असार १८ गते १२:५२

काठमाण्डू, १८ असार– कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही गर्न माग गरेका छन । आज (बुधबार) काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले निजामती विधेयकमाथि तलमाथि...

ज्वाइँले गरे ससुराको हत्या

२०८२ असार १८ गते १२:४५

काठमाण्डू, १८ असार– जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले चक्कु प्रहर गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । विमललाई उनकै ज्वाइँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us