निजामति सेवा विधेयकमाथिको चलखेल गम्भीर अपराध होः कृष्णगोपाल श्रेष्ठ

काठमाण्डु टुडे २०८२ असार १८ गते १४:४५ मा प्रकाशित

काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामति सेवा विधेयकमाथि गरिएको चलखेल गम्भीर अपराध भएको बताएका छन । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यस्तो बताएका हुन ।

कुलिङ अफ पिरियडमाथि भएको जालसाझीको चर्चा गर्दै उनले यो कमजोरी नभएर अपराध भएको बताएका हुन् । एमाले सांसद श्रेष्ठले भने, ‘त्रुटि भयो त्रुटि भयो भनेर सभापति (रामहरि खतिवडा) भन्दै हिड्नुभएको छ । तर, यो त्रुटि होइन, अपराध हो ।

गम्भीर अपराध हो, ‘यो अपराधको निष्पक्ष छानबिन गरियोस्, दोषीलाई कारबाही गरियोस् । कुलिङ पिरियड लागू गरियोस् ।’ उनले सभापति खतिवडा र सचिव सुरज दुराले तत्काल राजीनामा दिन सुझाव समेत दिएका छन ।

उनले भने, ‘तपाईं (सभापति खतिवडा)ले थाहा पाइनँ भन्न पाउनुहुन्न । सभापतिले नैतिक रूपमा राजीनामा दिनुस् । तपाईंलाई सभापति बनिरहने अधिकार छैन ।

यस्तै, सचिव सुरज दुराजी तपाईंलाई हामी राज्यव्यवस्थमा सचिवको रूपमा अब हेर्न सक्दैनौं । यो समितिको आगामी बैठकमा तपाईंको उपस्थिति हामीलाई स्वीकार्य हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us