नेतृत्वको बहस रोक्न शंकर पोखरेलको निर्देशन

काठमाण्डु टुडे २०८२ असार १८ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, १८ असार– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन गरेका छन । आज (बुधबार) बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन ।

महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको तर्क गरेका हुन । उनले भनेका छन, ‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतस् रोक्नुपर्छ ।’

उनले पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताएका छन् । यद्यपि विधान महधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदाहरु तयार हुनै बाँकी छ । ‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’, पोखरेलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us