जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

काठमाण्डु टुडे २०८२ असार १९ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, १९ असार– मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना–४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो ।

जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार पहिचान नखुलका दुई जना पुरुष उछिटिएर एसआर–६९ बी ५६२२ नम्बरको एलपी ग्यास ट्यांकरको चक्काभित्र परेको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us