
काठमाण्डू,२० असार– प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा स्पेनतर्फ प्रस्थान गरेको थियो ।
स्पेनको सेभिया शहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनसहित अन्य भेटघाट सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रधानमन्त्रीको सचिवाय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाण्डू फर्किएका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी थिए ।