एलिनामाथि गालीगलौज प्रकरणः राई विरूद्ध तीन दिन म्याद थप

काठमाण्डु टुडे २०८२ असार २० गते १६:१८ मा प्रकाशित

काठमाण्डू,२० असार– गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार जिल्ला अदालत काठमाण्डूले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् । आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us