
काठमाण्डू, २२ असार– पुरानो बसपार्कमा निर्माणाधीन विवादास्पद काठमाण्डू भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् ।
१० करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा उनी गत १३ असारमा पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाण्डूले थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थप नगरेपछि भेटवाल रिहा भएका हुन् ।
यसअघि १५ असारमा उनलाई ६ दिन म्याद थप गरिएको थियो । भेटवाल पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखाउँदै अस्पताल भर्ना भएका थिए ।
काठमाण्डू प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले भेटवाल रिहा भएको पुष्टि गरे ।
उनका अनुसार अदालतले स्वास्थ्यको कारण देखाउँदै म्याद थप गर्न अस्वीकार गरेपछि भेटवाल रिहा भएका हुन् ।