
काठमाण्डू, २२ असार– कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध कारबाहीको माग गर्दै उजुरी परेको छ ।
पार्टी अनुशासन आयोगमा ११ कन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिसहित २ हजार १ सय जनामाथि कारबाहीको माग गरेर उजुरी परेको हो
सानेपामा जारी पार्टी केन्द्रीय समिति बैठकमा आयोग संयोजक आनन्दप्रसाद ढुंगानाले आइतबार त्यसबारे जानकारी गराए । ५० जिल्लाबाट आएका ती उजुरीमाथि अध्ययन जारी रहेको ढुंगानाले बताए । उजुरी परेका नेताहरुको विवरण भने ढुंगानाले खुलाएका छैनन् । कारबाही सिफारिस भएकामध्ये अधिकांश विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, बागी उम्मेदवारका समर्थक र प्रस्तावक बसेका तथा अर्को पार्टीका उम्मेदवारको पक्षमा प्रचार–प्रसार र मतदानमा सहभागी भएकाहरु छन् ।