समाचार

यस पटकको निर्वाचनले मुलुकमा स्थिर सरकार र सुशासनको जग बसाल्छः एमाले सचिव भट्टराई

२०८२ फागुन १४ गते १४:०४

काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन काठमाण्डू–४ का उम्मेदवार डा.राजन भट्टराईले विगतमा निर्माण भएका भौतिक पूर्वाधारहरूको अवस्थामा गुणात्मक सुधार ल्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन । आज (बिहीबार) आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले यसअघि...

निर्वाचनको दिन आन्तरिक र वाह्य हवाई उडान यथावत चलाउन दिने आयोगको निर्णय

२०८२ फागुन १४ गते १३:५२

काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई...

रास्वपा नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीले छाडे रास्वपा

२०८२ फागुन १४ गते १३:४५

काठमाण्डू, १४ फागुन– नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी रास्वपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश...

सरकारी छाप किर्ते गरी करोडौँ ठगी गर्ने गिरोह झापाबाट पक्राउ

२०८२ फागुन १४ गते १३:४०

काठमाण्डू, १४ फागुन– प्रहरीले सरकारी छाप, दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एउटा ठूलो गिरोहलाई झापाबाट पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–८ को एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ गरीएको प्रहरीले जनाएको...

रास्वपा नेता राईले छाडे पार्टी

२०८२ फागुन १४ गते १३:३०

काठमाण्डू, १४ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन । ‘टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ ।...

राजेन्द्र लिङदेनको आग्रहः ‘फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्’

२०८२ फागुन १४ गते १३:२०

काठमाण्डू, १४ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन । आज (बिहिबार) काठमाण्डू–२ को चुनावी अभियानलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक...

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक घाइते

२०८२ फागुन १४ गते १३:११

काठमाण्डू, १४ फागुन– कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिएका छन...

चुनाव छल्न सिंगापुर गए देउवा

२०८२ फागुन १४ गते १२:५४

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । गएराति ११ः ३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले जानकारी दिएको छ । आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका...

रन्जितलाई प्रचण्डको फोनः झापा–५ कसैलाई छाड्दैनौं

२०८२ फागुन १४ गते १२:४७

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने बताएका छन । आज (बिहिबार) झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर...

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ फागुन १४ गते १२:४२

काठमाण्डू, १४ फागुन– पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज राति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने टिपर चालक ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका...

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

२०८२ फागुन १४ गते १२:१६

काठमाण्डू, १४ फागुन– कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने तयारी गरेको हो । कांग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले मध्याह्न साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको...

आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

२०८२ फागुन १४ गते १२:०६

काठमाण्डू, १४ फागुन– चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय भएको स्रोतले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us