पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज राति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने टिपर चालक ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डिएसपी होमप्रकाश चौधरीका अनुसार लु २ ख २००१ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल खस्दा चालक सोमई गम्भीर घाइते भएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी चौधरीले जानकारी दिएका छन ।

सिद्देश्वरबाट सर्देवातर्फ जाँदै गर्दा गएराति ९ बजेर २० मिनेटमा टिपर दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us