सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने तयारी गरेको हो ।

कांग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले मध्याह्न साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको जानकारी दिएका छन । उनले चुनावी सभा वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको उनले जानकारी दिए ।

कांग्रेस जिल्ला सभापति पोखरेलका अनुसार चुनावी सभालाई सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सुर्खेतको चुनावी सभा पछि आजै बाँके–३ मा पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि कांग्रेसको चुनावी सभा हुँदैछ । बाँके–३ का उम्मेदवारसमेत रहेका प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले दिउँसो १ः३० बजे मानपुरमा चुनावी सभा हुन गइरहेको पुष्टि गरेको छ ।

पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार मानपुरको चुनावी सभालाई सभापति थापाले सम्बोधन गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us