समाचार

प्रचण्डलाई भेटेर सञ्जय दत्तले भनेः तपाईं क्रान्तिकारी र मुलुक परिवर्तनका लागि संघर्ष गरेको नेता हुनुहुन्छ

२०८२ पुष २५ गते ८:४१

काठमाण्डू, २५ पुस– चर्चित बलिउड अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । दत्तले बिहीबार साँझ अबेर हात्तीवनस्थित निवासमा पुगेर प्रचण्ड भेटेका हुन् । भेटमा दत्तले प्रचण्डलाई नेपालका चर्चित र क्रान्तिकारी नेता भन्दै पहिल्यैदेखि भेट्ने चाहना रहेको बताए ।...

राजनीतिक दलले १५ हजारमा देशभरका मतदाताको विवरण किन्न सक्ने

२०८२ पुष २५ गते ८:२८

काठमाण्डू, २५ पुस– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका...

दुई महिनामा ९ हजार लाइसेन्स छपाइ

२०८२ पुष २५ गते ८:२४

काठमाण्डू, २५ पुस–पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता ८ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  विभागको...

नेपाललाई विदेशीको क्रिडास्थल बनाउन परिचालित शक्तिहरु हाम्रा विरुद्ध छन्ः ओली

२०८२ पुष २५ गते ८:२२

काठमाण्डू, २५ पुस– एमाले अध्यक्ष केपी ओलीले नेपाललाई विदेशी शक्तिको क्रिडास्थल बनाउन केही शक्ति आफ्नो दलविरुद्ध परिचालत भएको आरोप लगाएका छन् । मातहत कमिटीलाई अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै ओलीले कसैको पनि नाम नलिई कमजोर र परिचालित शक्तिहरु आफू र आफ्नो पार्टीलाई कमजोर बनाएर...

प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ

२०८२ पुष २५ गते ८:०७

काठमाण्डू, २५ पुस– बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।...

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा गोप्य वार्ता

२०८२ पुष २४ गते २०:४५

काठमाण्डू, २४ पुस- प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी ओलीबीच एक्लाएक्लै वार्ता भएको छ । उनीहरुबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा कुराकानी भएको हो । भेटमा २१ फागुनको निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । श्रोतका अनुसार ओलीले एमाले चुनावका लागि...

स्वतन्त्र समूहले बालेनसँग माग्यो लौरो फिर्ता

२०८२ पुष २४ गते २०:३१

काठमाण्डू, २४ पुस- काठमाण्डू महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह बालेनसँग लौरो अभियानले लौरो चुनाव चिह्न फिर्ता मागेको छ । अभियानले बिहीबार काठमाण्डूमा पत्रकार सम्मेलन गरी बालेनसँग लौरो चिह्न फिर्ता मागेको हो । अभियानका सदस्य डम्बर साहुले बालेनले...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

२०८२ पुष २४ गते १८:१४

काठमाण्डू, २४ पुस– गोरखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा पालुङटार नगरपालिका–३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार पक्राउ गरेको हो । शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त प्रहरीको टोली...

कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छुः प्रचण्ड

२०८२ पुष २४ गते १८:०३

काठमाण्डू, २४ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । संयोजक प्रचण्डले राष्ट्रिय...

कुलमानसँगको सहमति औपचारिक प्रक्रियामाः रवि लामिछाने

२०८२ पुष २४ गते १७:५३

काठमाण्डू, २४ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । घिसिङले बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए । बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित...

सिनामंगल–गोंगबु रुटमा बसयात्रुबाट पौने ३ लाख पाकेटमारी, ४ जना पक्राउ

२०८२ पुष २४ गते १७:४६

काठमाण्डू, २४ पुस– काठमाण्डूको सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका एक यात्रुको २ लाख ७५ हजार रुपैयाँ चोरी भएको छ । बाग्लुङ नगरपालिका–४ घर भइ हाल काठमाण्डूको मित्रनगरमा डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका थिए ।...

भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ

२०८२ पुष २४ गते १६:१६

काठमाण्डू, २४ पुस– प्रहरीले भरुवा बन्दुकसहित सुर्खेतबाट एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us