काठमाण्डू, १४ फागुन– पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला एमालेका महासचिव शंकर पोखरेलले भने त्यसबारे निष्कर्षमा पुगिनसकेको खुलासा गरेका छन ।
आज (बिहिबार) दाङको घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो खुलासा गरेका हुन । ‘सञ्चारमाध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन ।
जबसम्म दलहरू आफै बोल्दैनन् । तबसम्म हतार गरेर बोल्न उचित हुँदैन, चुनावी तालमेलबारे हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।’ झापा–५, दाङ–२ लगायतका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग एमालेको चुनावी तालमेल हुने पछिल्लो समय चर्चा छ ।