पाँच वर्ष अर्को प्रयोग नगरौँः गगन थापा

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगन थापाले पाँच वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह गरेका छन । आज (बिहिबार) सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।

उनले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न आग्रह समेत गरेका छन । कांग्रेस सभापति थापाले भने, ‘मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ ।

पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो ।’ तर त्यसका लागि सोच चाहिने उनले बताए । ‘कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ,’ । कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने पनि बताएका छन ।

‘कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ । कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ,’ सभापति थापाले भन,‘यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ ।’ तर प्रश्न सँगै अर्को कुरा जोडिएर आउने यहाँको गरिबी रहेको उनले बताए ।

‘आज देशभरी जम्मा १७९१८ प्रतिशत गरिबी हुँदैगर्दा करिब ४० प्रतिशतको गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ?  सबैभन्दा ठुलो बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन् ? यी प्रश्नका सपाट उत्तर दिएर भाग्न सकिन्छ । तर ती उत्तर दिएर समाधान निस्किन्न,’ उनले भने । त्यसका लागि समस्याको जरामा पुग्नुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us