नेकपाको निर्वाचन परिचालन समितिको बैठक सुरु

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समितिको बैठक सुरु भएको छ । नेकपाको मुख्यालय पेरिसडाँडामा बैठक केहि बेर अधि सुरु भएको स्रोतले जानकारी दिएको छ ।

आगमी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । उनले भने, ‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ ।

निर्वाचनबारे सूक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको रिपोर्टअनुसार देशभर नेकपाको राम्रो स्थिति बनेको छ ।

यी लगायत वस्तुनिष्ठ ढङ्गले चुनावको तयारीबारे समीक्षा हुन्छ ।’ बैठक लगत्तै नेकपाले पत्रकार सम्मेलन गर्न लागिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us