काठमाण्डू, १४ फागुन– प्रहरीले दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर घर भएका ३९ वर्षीय शेरबहादुर दमाई उर्फ सजक रहेको प्रहरीले जानकारी दिएको छ ।
फागुन ५ मा तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सिमानामा पर्ने पातुखोलामा ग्याँस सिलिन्डर विस्फोट गराइएको थियो ।
सो घटनामा उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले जानकारी दिएका छन ।
आरोपीलाई तुलसीपुरको रावत गाउँबाट पक्राउ गरेर बुधबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको डीएसपी बोहराले जानकारी दिए । अदालतले उनलाई अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ ।