झापामा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १४:४५ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा– ५ बाट संयुक्त गस्ती सुरु भएको छ ।

आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरेको हो ।

कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापामा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us