समाचार

सुरक्षा ब्रिफिङः २७५ बम डिस्पोजल टोली, आवश्यक परे ३० मिनेटमै टोली थपिने

२०८२ फागुन १३ गते १७:५८

काठमाण्डू, १३ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग मंगलबार ब्रिफिङ लिएकी छन । आज (मंगलबार) साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिएकी थिइन् । सो क्रममा सुरक्षा निकायहरुले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए...

मृत्यु भएका मतदाताको नाम दुरुपयोग नहोस् भन्नेमा सचेत छौँः निर्वाचन आयोग

२०८२ फागुन १३ गते १७:४८

काठमाण्डू, १३ फागुन– निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको बताएको छ । आयोगका अनुसार यस्तो जिज्ञासा आयोगले स्थापना गरेको कल सेन्टरमा आउने गरेको छ । मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन...

१ लाख ८६ हजार अस्थायी मतदाता कायम

२०८२ फागुन १३ गते १७:१८

काठमाण्डू, १३ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा...

प्रमाण लुकाउन सिकाएको प्रमाण भेटिएपछि पक्राउ परे हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह

२०८२ फागुन १३ गते १६:५८

काठमाण्डू, १३ फागुन– चार वर्षमा मुलुकको पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा ३१७ जना पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । विमान सेवा सञ्चालक सङ्घका पूर्व उपाध्यक्ष सिंहलाई बुधवार काठमाण्डूबाट पक्राउ गरिएको केन्द्रीय...

नेकपाले प्रत्यक्षमा ६० सिट जित्छः प्रचण्ड

२०८२ फागुन १३ गते १६:४४

काठमाण्डू, १३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने बताएका छन । आज (बुधबार) केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ...

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

२०८२ फागुन १३ गते १६:३९

काठमाण्डू, १३ फागुन– परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (बुधबार) शिष्टाचार भेटवार्ता भएको हो । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र...

एक रुपैयाँ घुस लिएको प्रमाण कसैले दिए जीवनभर त्यसैको घरमा नोकर बस्छुः राजेन्द्र लिङ्देन

२०८२ फागुन १३ गते १६:१२

काठमाण्डू, १३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कसैले आफूले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गरे सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार रहेको तर्क गरेका छन । आज (बुधबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन...

जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै छः उपसभापति शर्मा

२०८२ फागुन १३ गते १५:४५

काठमाण्डू, १३ फागुन– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै भएको बताएका । उपसभापति शर्माले जेन्जी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताए ।...

नेपाली कांग्रेसभित्र एकता कायम छ, निर्वाचनमा बहुमत ल्याउँछौंः कांग्रेस नेता निधी

२०८२ फागुन १३ गते १५:०६

काठमाण्डू, १३ फागुन– कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताएका छन । कांग्रेस...

छुटे दुर्गा प्रसाईं

२०८२ फागुन १३ गते १४:५४

काठमाण्डू, १३ फागुन– विवादास्पद मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन । हिजो (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसरको...

थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भनेः अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ?

२०८२ फागुन १३ गते १४:४४

काठमाण्डू, १३ फागुन– विवादास्पद मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज थुनामुक्त भएका छन् । उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई...

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

२०८२ फागुन १३ गते १४:२५

काठमाण्डू, १३ फागुन– सरकारले वि.सं. ०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । हिजो (मंगलबार)बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us