काठमाण्डू, १३ फागुन– परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (बुधबार) शिष्टाचार भेटवार्ता भएको हो ।
मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।