सुरक्षा ब्रिफिङः २७५ बम डिस्पोजल टोली, आवश्यक परे ३० मिनेटमै टोली थपिने

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग मंगलबार ब्रिफिङ लिएकी छन ।

आज (मंगलबार) साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिएकी थिइन् । सो क्रममा सुरक्षा निकायहरुले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।

अहिलेसम्म कुनै त्यस्तो ठूलो सुरक्षा चुनौती नरहेको सुरक्षा निकायबाट ब्रिफिङ आएको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

ब्रिफिङ सुनेपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएकी थिइन् ।

नेपाली सेनाले देशभर २७५ ठाउँ बम डिस्पोजल टोली रहने, स्टयाडबाई हेलिकप्टर राख्नेदेखि मतदान सामग्रीको ढुवानीबारे जानकारी गराएको थियो ।

अहिलेसम्म सेनाले १३ ठाउँ शंकास्पद वस्तुहरू डिस्पोज गरेको बताएको छ । अहिलेको मुख्य चुनौतीको रुपमा सामाजिक सञ्जाफको अफवाहलाई लिइएको सुरक्षा निकायको ब्रिफिङ थियो ।

‘मिसइन्फरमेशन, डिसइन्फरमेशन’ जस्ता विषयहरू चुनौतीपूर्ण रहेको र मौन अवधिको पूर्वसन्धयामा यो झनै बढ्न सक्नेबारे घनिभूत छलफल भयो,’ स्रोतले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us