काठमाण्डू, १४ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने दाबी गरेका छन ।
गोरखा पुगेका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै पाँच वर्षको स्थायी सरकार दिन आह्वान समेत गरे । उनले भने, ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु ।
भोट बाँडियो भने सिट बाँडिन्छ । सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन । रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन् ।
तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।’ उनले वर्षौँदेखि मिलेर बसेकाहरुबीच धर्म, जात, समुदाय, सम्प्रदायका नाममा राजनीतिक रङ ओडेर खेल्न खोज्नेदेखि सचेत रहन आग्रह गरे।