काठमाण्डू, १४ फागुन– कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिएका छन ।
घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ । त्यसैगरी सोही घरमा रहनुभएकी ४० वर्षीया सीता महता घाइते भएको पनि प्रहरीले जनाएको छ ।
उहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।