काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । गएराति ११ः ३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।
आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उडेको कांग्रेस भित्र चार्चा छ ।
यद्यपि देउवा यसअघि पनि पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए ।