रन्जितलाई प्रचण्डको फोनः झापा–५ कसैलाई छाड्दैनौं

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने बताएका छन ।

आज (बिहिबार) झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न समेत अनुरोध गरेका छन ।

प्रचण्डसँग केहीबेर अघि मात्रै फोनवार्ता भएको तामाङले जानकारी गराएका छन । उनले भने, ‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ ।

कहीँ पनि अलाएन्स हुँदैन पनि,’ प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भने, ‘कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौं भन्नुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us