निर्वाचनको दिन आन्तरिक र वाह्य हवाई उडान यथावत चलाउन दिने आयोगको निर्णय

काठमाण्डु टुडे २०८२ फागुन १४ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन भनेको हो ।

निर्णय अनुसार मतदानको दिन आन्तरिक र वाह्य उडान यथावत सञ्चालन हुनेछन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घररबसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले गृह मन्त्रालयलाई भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us