काठमाण्डू, १४ फागुन– नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी रास्वपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन् ।
उनले ठकुरीलाई खादामालाले स्वागत गरे ।