समाचार

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

२०८३ वैशाख १० गते १६:३६

काठमाण्डू, १० वैशाख– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको स्रोतले जानकारी दिएको छ । यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ...

पार्टीप्रतिको जनविश्वास पुनः स्थापित गर्न भन्दै ‘नेक्स्टजेन एमाले’को अवधारणा

२०८३ वैशाख १० गते १५:४०

काठमाण्डू, १० वैशाख– एमालेको को विशेष महाधिवेशन पक्षधरले पार्टी पुनर्गठन र रूपान्तरणका लागि भन्दै ‘नेक्स्टजेन एमाले’ को अवधारणा प्रस्तुत गर्दै छलफल सुरु गरेको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानसँगै ‘नेक्स्टजेन एमाले’ को अवधारणा (छलफल पत्र) सार्वजनिक गरिएको अभियानकर्ताहरूले जनाएका छन् । छलफल पत्रमाथि...

धमाधम लाइसेन्स वितरण

२०८३ वैशाख १० गते १५:३२

काठमाण्डू, १० वैशाख– यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरणको कार्य सुरु गरेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ । अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।...

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

२०८३ वैशाख १० गते १५:२८

काठमाण्डू, १० वैशाख– सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिराहले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका...

सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धान ढिला भयोः प्रहरी महानिरीक्षक कार्की

२०८३ वैशाख १० गते १५:२३

काठमाण्डू, १० वैशाख– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएका कारण अनुसन्धानका लागि समय लाग्ने गरेको भन्दै गुनासो गरेका छन । आज (बिहिबार)संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्ना धारणा राख्ने क्रममा महानिरीक्षक कार्कीले यस्तो गुनासो गरेका हुन । उनले...

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

२०८३ वैशाख १० गते १५:१६

काठमाण्डू, १० वैशाख– प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी...

प्रतिनिधिसभा नियमावलीले प्रचलित कानुनलाई चुनौती दिने संवैधानिक अधिकार राख्दैनः महेश बर्तौला

२०८३ वैशाख १० गते १४:२१

काठमाण्डू, १० वैशाख– एमाले नेता महेश बर्तौलाले प्रतिनिधिसभाले नयाँ नियमावली पारित गर्दा संवैधानिक सीमाहरू, विधिको शासन, तथा स्थापित संसदीय अभ्यासलाई पूर्ण रूपमा ध्यानमा राख्न आवश्यक रहेको बताएका छन । एमाले नेता बर्ताैलाले सामाजिक सञ्जाल फेसबुक मार्फत नेता बर्तौलाले विगतको संसदीय अनुभवको आधारमा कार्य सञ्चालन...

प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय

२०८३ वैशाख १० गते १४:१५

काठमाण्डू, १० वैशाख– सरकारले काठमाण्डूको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने भएको छ । ०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको...

रविविरुद्ध मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयले गर्यो स्थगित

२०८३ वैशाख १० गते १४:१२

काठमाण्डू, १० वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित गरीएको छ । महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ...

गुल्मीमा घर–घरमै राहदानी सेवा

२०८३ वैशाख १० गते १२:४९

काठमाण्डू, १० वैशाख– जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ । सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताइएको छ...

खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टको निधन

२०८३ वैशाख १० गते १२:३३

काठमाण्डू, १० वैशाख– बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए । गाउँपालिकाका अध्यक्ष दिलबहादुर...

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक

२०८३ वैशाख १० गते १२:२६

काठमाण्डू, १० वैशाख– आज (बिहिबार) प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us