समाचार

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक

२०८३ वैशाख १० गते १२:२६

काठमाण्डू, १० वैशाख– आज (बिहिबार) प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ...

सुकुमबासी बस्तीमा डोजर चलाउने तयारीबारे रक्षा बम, ‘यो रास्वपाको राजनीतिक बेइमानी हो’

२०८३ वैशाख १० गते १२:०६

काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । प्रधानमन्त्री बालेनले (बुधबार) नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर आउँदो...

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ वैशाख १० गते ११:५७

काठमाण्डू, १० वैशाख– आज (बिहिबार) मन्त्रीपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि मन्त्रीपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक...

काठमाण्डूको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो

२०८३ वैशाख १० गते ११:४९

काठमाण्डू, १० वैशाख– संघीय राजधानी काठमाण्डूको वायु प्रदूषण ‘अति अस्वस्थकर’तहमा पुगेको छ । बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाण्डू विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा परेको छ...

महान्यायाधिवक्ता कँडेलको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा सुनुवाइ हुँदै

२०८३ वैशाख १० गते ११:३२

काठमाण्डू, १० वैशाख– महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको तीन वटा रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै बुधबार रिट दर्ता...

सुधनको राजीनामापछि गृहमा कसको छ सम्भावना ?

२०८३ वैशाख ९ गते १७:४८

काठमाण्डू, ९ वैशाख– गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नयाँ गृहमन्त्री को बन्ला भन्ने बिषय बहसको बिषय बनेको छ । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै गुरुङले बुधबार...

दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

२०८३ वैशाख ९ गते १७:४०

काठमाण्डू, ९ वैशाख– व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थपको आदेश दिएको छ । आज (बुधबार) सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत काठमाण्डूका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो ।...

ममाथि निष्पक्ष छानबिन होस्ः सुधन गुरुङ

२०८३ वैशाख ९ गते १७:३५

काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाउन बाध्य भएका हुन । उनले राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका...

ओलीको सन्देश सुनाउँदै बादलले भनेः एक भएर चुनौती पार गर्नुपर्नेछ

२०८३ वैशाख ९ गते १७:२४

काठमाण्डू, ९ वैशाख– एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको रहेको बताएका छन । आज (बुधबार) नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अस्वस्थ भएर घरमै आराम गरिरहेका...

चुनावमा नराम्रो धक्का खायौं, अब आचरण र नीति परिवर्तन गरेर जानुपर्छः विष्णु पौडेल

२०८३ वैशाख ९ गते १७:१४

काठमाण्डू, ९ वैशाख– एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीले चुनावमा भोगेको पराजय ठूलो धक्का भएको तर्क गरेका छन । आज (बुधबार) नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले चुनावको पराजय चानचुने धक्का...

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

२०८३ वैशाख ९ गते १७:०३

काठमाण्डू, ९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो । प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो । स्वास्थ्य बीमा बोर्ड सदस्यको रुपमा श्रीमतीलाई हाजिर गराएको आरोप...

सुधनको राजीनामाप्रति प्रचण्डः जे गर्नुभयो, राम्रो गर्नुभयो

२०८३ वैशाख ९ गते १६:५५

काठमाण्डू, ९ वैशाख– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको बताएका छन । आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् । गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us