मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १५:२८ मा प्रकाशित

 

काठमाण्डू, १० वैशाख– सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिराहले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका आज मध्याह्न करिब १२स्२० बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेश बहादुर पालको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us