खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टको निधन

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १२:३३ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us