काठमाण्डू, ११ वैशाख– नेपाल प्रहरीले सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि ५ सदस्यीय छानबिन समिति बनाएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार...
काठमाण्डू, ११ वैशाख– एमालेले सुकुमवासी बस्ती हटाउने बालेन सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार, मानवताका आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मापदण्डहरूको प्रत्यक्ष उल्लंघन भएको बताएको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै सुकुमवासीसमस्या सामाजिक, आर्थिक,...
काठमाण्डू, ११ वैशाख– कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचनको नयाँ मिति भने नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिए । दलको नेता सहमतिमा चयन गर्नका...
काठमाण्डू, ११ वैशाख– श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाण्डूको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन । सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई आज (शुक्रबार) सुकुमवासी बस्ती पुगेका हुन् । सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको...
काठमाण्डू, ११ वैशाख– सरकारले काठमाण्डूको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि उक्त स्थानमा बसोबास गरिरहेकाहरूले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराएका छन् । सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज...
काठमाण्डू, ११ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका छन् । शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् । लोकतन्त्र दिवसकै...
काठमाण्डू, ११ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी बस्ती हटाउनेबारे पार्टीलाई जानकारी नभएको तर्क गरेको छ । शनिबार (वैशाख १२)देखि नै सुकुम्वासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको बेलामा सत्तामै रहेको दलले सरकारलाई नै थाहा हुने बताएको हो । राष्ट्रिय स्वतन्त्र...
काठमाण्डू, ११ वैशाख– सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जाने भएका छन । आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् । नदी किनारमा घर,टहरा बनाएर बस्नेहरू आउन...
काठमाण्डू, ११ वैशाख– प्रहरीले थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा सीसीटीभी जडान कार्य सुरु गरेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य सुरु गरीएको हो । सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी...
काठमाण्डू, ११ वैशाख– सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेको उनले जानकारी दिए...
काठमाण्डू, ११ वैशाख– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल सुकुमवासी बस्तीहरू खाली गर्ने योजना तत्काल रोक्न सरकारको ध्यानकर्षण गराएको छ । जबरजस्ती निष्कासन गर्ने कार्य विधिको शासनलाई खतरनाक क्षयीकरणतर्फ लैजान लागेको देखिने र यसले बढ्दो अधिनायकवादी दृष्टिकोण झल्किने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले...
काठमाण्डू, ११ वैशाख– कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–१ बाट...