समाचार

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

२०८३ वैशाख १२ गते १४:३७

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा सारीएको छ । आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन । यस्तै अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर

२०८३ वैशाख १२ गते १४:३०

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरीएको छ । आज (शनिबार) बिहानबाट सरकारले काठमाण्डूको मुख्य सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको हो । यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र...

थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा

२०८३ वैशाख १२ गते १२:५२

काठमाण्डू, १२ वैशाख– सरकारले थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू भत्काउन सुरु गरेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको छ । थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६...

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

२०८३ वैशाख १२ गते १२:४६

काठमाण्डू, १२ वैशाख– स्याङ्जाको बिरुवा गाउँपालिका–२ श्रीडाँडामा चट्याङका कारण एक युवकको मृत्यु भएको छ भने कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ । शुक्रबार साँझ आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका २० वर्षीय मिलन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

२०८३ वैशाख १२ गते १०:५९

काठमाण्डू, १२ वैशाख– सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ ।सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने तयारी गरीएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन । उनले भने, ‘सुरुमा रंगशाला लगिन्छ । त्यहाँ लगेर स्क्रिनिङ...

सुकुमवासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप

२०८३ वैशाख १२ गते १०:४५

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको थापाथलीस्थित सुकमवासी बस्तीमा स्काभेटर चल्दा खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ । सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति...

रास्वपा सांसद पोखरेललाई पदमुक्त गरेर घर पठाउन महावीर पुनको माग

२०८३ वैशाख १२ गते १०:४१

काठमाण्डू, १२ वैशाख- स्वतन्त्र सांसद महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् विश्वराज पोखरेललाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । पूर्वशिक्षामन्त्रीेसमेत रहेका पुनले पोखरेललाई बर्खास्त गर्न रास्वपासँग माग गरेका हुन् । आफूलाई स्वागत गर्न नआएको भन्दै पोखरेलले एक प्रधानाध्यापकलाई धम्की दिएको विषयमा उनको भनाइ...

रास्वपा सांसद् पोखरेलद्वारा प्रधानाध्यापकलाई धम्कीः मेरो स्वागतमा नआउने तपाईं को हो ?

२०८३ वैशाख १२ गते १०:३५

काठमाण्डू, १२ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् विश्वराज पोखरेल आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका छन् । आफू निर्वाचन क्षेत्रमा गएका बेला स्वागतमा प्रधानाध्यापक नआएको भन्दै पोखरेलले गाली गरेका थिए । २१ फागुनमा सम्पन्न निर्वाचनमा पोखरेल ओखलढुङ्गाबाट निर्वाचित भएका हुन् । आफूलाई माननीय बताउँदै...

सुकुम्बासीका लागि होल्डिङ सेन्टर, तीन क्षेत्रमा बस्ती हटाइँदै

२०८३ वैशाख १२ गते ९:३७

काठमाडौं, १२ वैशाख-नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्न सरकारले होल्डिङ सेन्टरको व्यवस्था गरेको छ । पहिलो चरणमा काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु गरिएको छ । हटाइएका परिवारलाई अस्थायी रूपमा राख्न विभिन्न स्थानहरू छनोट गरिएको प्रधानमन्त्री...

यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरू

२०८३ वैशाख १२ गते ९:३४

काठमाण्डू, १२ वैशाख– सरकारले स्थानान्तरण गरिने सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने भएको छ । आज (शनिबार) बिहानदेखि सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी क्षेत्र खाली गराउन गराउन लागेको छ । शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुमवासीहरुलाई नागार्जुन (इचङ्गु) को...

उज्यालो नेपाल पार्टीको माग: सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गरियोस्

२०८३ वैशाख १२ गते ९:३३

काठमाडौं-उज्यालो नेपाल पार्टीले सुकुमवासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेको छ । बस्ती हटाउने प्रक्रिया सुरु भएसँगै विज्ञप्ति जारी गर्दै पार्टीले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित पुनःस्थापना गर्नुपर्नेमा जोड दिएको हो । विज्ञप्तिमा बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव...

थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर

२०८३ वैशाख १२ गते ९:२७

१२ वैशाख- थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने काम शनिबारबाट सुरु भएको छ । सार्वजनिक जग्गा तथा नदी करिडोर अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने सरकारी अभियानअन्तर्गत स्काभेटर बस्तीमा खटाइएको हो । बस्ती खाली गराउने क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us