थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा सारीएको छ ।

आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन ।

यस्तै अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई दशरथ रंगशालामा लगिएको पनि उनले जानकारी दिए । केहीबेर अघिसम्म २२ परिवारले आफू घरबारबिहीन रहेको भन्दै आश्रयका लागि सरकारी अधिकारीसँग नाम टिपाएको खबर प्राप्त भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us