समाचार

भारतीय विदेश सचिव मिस्री नेपाल आउने

२०८३ वैशाख १३ गते १६:११

काठमाण्डू, १३ वैशाख– भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने तयारी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई...

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

२०८३ वैशाख १३ गते १६:०६

काठमाण्डू, १३ वैशाख– कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन । सचिव थापा मगरले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख...

पुरानाको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे समीक्षा हुनुपर्छः वर्षमान पुन

२०८३ वैशाख १३ गते १५:०१

काठमाण्डू, १३ वैशाख– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको स्वीकार गरिनुपर्ने बताएका छन् । आज १७३ औँ विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन...

दलको नेतामा निर्वाचन लड्दिनः कांग्रेस नेता केसी

२०८३ वैशाख १३ गते १४:५६

काठमाण्डू, १३ वैशाख– कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने घोषणा गरेका छन । उनले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा दाबी राखेको तर, निर्वाचन भने नलड्ने बताएका छन । ‘म संसदीय दलको नेतामा निर्वाचन लड्दिन । म सांसद...

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

२०८३ वैशाख १३ गते १४:४८

काठमाण्डू, १३ वैशाख– त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो । सोही अन्तर्गत क्रिकेट रगंशाला पनि परेको हो । ३५ दिने सूचनापछि जसले...

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

२०८३ वैशाख १३ गते १३:३९

काठमाण्डू, १३ वैशाख– पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।...

रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ वैशाख १३ गते १३:३१

काठमाण्डू, १३ वैशाख– कपिलवस्तुमा नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मी रहेका जिल्ला...

सहकारीको बन्द कोठाभित्र कर्मचारी गम्भीर बिरामी अवस्थामा फेला परिन्, ढोका फुटाएर गरियो उद्धार

२०८३ वैशाख १३ गते १३:२३

काठमाण्डू, १३ वैशाख– मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा भेटीएकी छन । उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । सुरुमा हेटौँडा अस्पताल लगिए पनि त्यहाँ उपचार हुन...

बुटवलका एक दर्जन टहरामा चल्यो डोजर

२०८३ वैशाख १३ गते १३:१५

काठमाण्डू, १३ वैशाख– बुटवल उपमहानगर– ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउने काम सुरु गरीएको छ । एक दर्जन ती टहरामा रहेका सामान घरधनीले बिहानै खाली गरेका थिए । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल...

एन्फा पदाधिकारीको पासपोर्ट रोक्का

२०८३ वैशाख १३ गते १३:०९

काठमाण्डू, १३ वैशाख– राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ । आर्थिक विषयको छानबिनका लागि अध्यागमन विभागबाट एन्फाका सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको खेलकुद मन्त्रालय स्रोतले जानकारी दिएको छ । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न...

राप्रपा राजाको होइन राजा मान्नेहरुको दल होः राजेन्द्र लिङ्देन

२०८३ वैशाख १३ गते १२:५२

काठमाण्डू, १३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको तर्क गरेका छन । पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा...

प्रतितोला २ हजार ७ सय रुपैयाँ बढ्यो सुनको भाउ

२०८३ वैशाख १३ गते १२:४५

काठमाण्डू, १३ वैशाख– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us