समाचार

मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

२०८३ वैशाख १४ गते १२:३३

काठमाण्डू, १४ वैशाख– काठमाण्डूका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो । मनोहरास्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि डोजर परिचालन गरिएको हो ।...

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

२०८३ वैशाख १४ गते १२:२७

काठमाण्डू, १४ वैशाख– सप्तरीको बोदेबर्साईन नगरपालिका–५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए...

गर्भवती महिलाको सेनाले गर्‍यो उद्धार

२०८३ वैशाख १४ गते १२:१९

काठमाण्डू, १४ वैशाख– नेपाली सेनाले सुत्केरी व्यथाले समस्या परेकी महिलाको उद्धार गरेको छ । ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो । ढोरपाटन–८ देवीथान निवास महिलालाई उद्दार गरी उपचारका लागि सेनाले ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्‍याएको छ ।...

जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल

२०८३ वैशाख १४ गते १२:१५

काठमाण्डू, १४ वैशाख– जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै फेला पर्न सकेको छैन । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको...

मन्त्रिपरिषद बैठक बस्दै

२०८३ वैशाख १४ गते १२:१०

काठमाण्डू, १४ वैशाख– आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची रहेको छ । साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको...

सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनीः अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ

२०८३ वैशाख १३ गते १७:३५

काठमाण्डू, १३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न अनुरोध गरेका छन । आज (आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो आग्रह गरेका हुन । उनले सरकारले कानून निर्माणभन्दा...

वर्षाले महोत्तरीको जलेश्वर जलमग्न

२०८३ वैशाख १३ गते १७:२१

काठमाण्डू, १३ वैशाख– आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बन्न पुगेको छ । पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ । जलेश्वर नगरभित्रका प्रायःजसो सडक...

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

२०८३ वैशाख १३ गते १६:४१

काठमाण्डू, १३ वैशाख– संघीय सरकार र काठमाण्डू महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन आउन सुरु गरेका छन । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । तर यहाँ रोचक तथ्य के खुलेको छ भने...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

२०८३ वैशाख १३ गते १६:३४

काठमाण्डू, १३ वैशाख– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्दै छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिएका छन । कार्यसम्पादन बैठकपछि...

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

२०८३ वैशाख १३ गते १६:२३

काठमाण्डू, १३ वैशाख– सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल...

पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज गायब

२०८३ वैशाख १३ गते १६:१६

काठमाण्डू, १३ वैशाख– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेजमा प्राविधिक समस्या आएको छ । उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको पूर्व प्रधानमन्त्री भट्टराईको सचिवालयले जानकारी दिएको छ । सचिवालयले भनेको छ, ‘पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको...

भारतीय विदेश सचिव मिस्री नेपाल आउने

२०८३ वैशाख १३ गते १६:११

काठमाण्डू, १३ वैशाख– भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने तयारी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us