समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

२०८३ वैशाख १५ गते ९:५५

काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (मंगलबार) आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे...

नीशा अधिकारीको मागः गृहमन्त्री रञ्जु दर्शनालाई बनाइयोस्

२०८३ वैशाख १५ गते ९:४९

काठमाण्डू, १५ वैशाख– गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) की नेतृ नीशा अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनालाई गृहमन्त्री बनाउन माग गरेकी छन । नेतृ अधिकारीले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीबाट सुधन गुरुङ बाहिरिएपछि सो पदमा रञ्जु दर्शना उपयुक्त पात्र हुने दाबी गरेकी छन । अधिकारीले अहिले...

यी स्थानमा आज भारी वर्षाको सम्भावना

२०८३ वैशाख १५ गते ७:५१

काठमाडौं, वैशाख १५- पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भाग नजिक रहेको न्यून चापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा मौसममा आंशिक बदली देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा...

२० वर्षे पुराना सवारी साधन चलाउन रोक्न सिफारिस

२०८३ वैशाख १४ गते १८:१६

काठमाण्डू, १४ वैशाख– सरकारले यातायात प्रणालीमा देखिएका चरम भद्रगोल, बिचौलिया राज र अव्यवस्था अन्त्य गर्न समग्र नीतिगत, संरचनात्मक र प्रविधिमैत्री सुधारको फराकिलो खाका सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको ‘यातायात सुधार सुझाव कार्यदल, २०८०’ को प्रतिवेदनले अव्यवस्थित सार्वजनिक यातायात...

कांग्रेस राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाउने तयारी

२०८३ वैशाख १४ गते १७:५४

काठमाण्डू, १४ वैशाख– कांग्रेसले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्ने तयारी गरेको छ । हालका दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएर अर्को नेता चयनको तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन । कांग्रेस विधानले ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन...

धितोपत्रको दोस्रो बजारमा स्थिरता ल्याउनु आवश्यक छः अर्थ मन्त्रालय

२०८३ वैशाख १४ गते १७:४५

काठमाण्डू, १४ वैशाख– अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजार अस्थिर हुने गरेको स्वीकार गरेको छ । मन्त्रलयले वर्तमान आर्थिक स्थिति मार्फत धितोपत्रको दोस्रो बजारको कारोबारमा स्थिरता ल्याउन आवश्यक रहेको पनि बताएको छ । पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्ने, गैरआवासीय...

नेकपाको महाधिवेशन ११–१५ मंसिरसम्म काठमाण्डूमा हुने

२०८३ वैशाख १४ गते १७:४०

काठमाण्डू, १४ वैशाख– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११–१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो । जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने तय...

माइतीघरको लफडामा शोभा र महेशको आ–आफ्नै दाबी

२०८३ वैशाख १४ गते १६:५२

काठमाण्डू, १४ वैशाख– एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएपछि पाठक र महेश दुवैले एक अर्कालाई आरोप लगाएका छन । आज (सोमबार) दिउँसो माइतीघरमा दुई महिला पाठक र बस्नेतबिच हात हालाहाल र भुतलाभुतल भएको थियो । घटनापछि प्रहरीले दुवैलाई...

सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्योः गगन थापा

२०८३ वैशाख १४ गते १६:४६

काठमाण्डू, १४ वैशाख– कांग्रेसका सभापति गगन थापाले पार्टीको संसदीय दलको नेता चयनमा परिपक्वको निर्णय गर्न र पार्टीभित्र सहमति जुटाउन समय लागेको बताएका छन । आज (सोमबार) सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा नेता भीष्मराज आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले यस्तो...

केटा मान्छेसहित केही महिलाले मेरो श्रीमतीलाई गालीगलौज र हातपात गरेः महेश बस्नेत

२०८३ वैशाख १४ गते १६:४१

काठमाण्डू, १४ वैशाख– पूर्व मन्त्री एवं एमाले सचिव महेश बस्नेतले केटा मान्छेसहित केही महिलाहरूले आफ्नो श्रीमतीलाई गालीगलौज गर्नुका साथै हातपात गरिएको बताएका छन् । आज (सोमबार) दिउँसो माइतीघर मण्डलामा शोभा पाठक र महेश पत्नीबिच झडप भएको थियो । शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू...

शोभा पाठकलाई अस्पताल पठाइयो, अम्बिका बस्नेत प्रहरी परिसरमा

२०८३ वैशाख १४ गते १६:३५

काठमाण्डू, १४ वैशाख– काठमाण्डूको माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ । पाठकलाई उपचारको लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी...

संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

२०८३ वैशाख १४ गते १६:१३

काठमाण्डू, १४ वैशाख– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः ०० बजेदेखि संविधानविद् र कानुनविद्सँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us