समाचार

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी

२०८३ वैशाख १६ गते १०:४५

काठमाण्डू, १६ वैशाख– सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी गरेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको पहल सुरु गरेको हो ।...

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

२०८३ वैशाख १६ गते १०:१९

काठमाण्डू, १६ वैशाख– आज (बुधबार) सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक बस्दै छ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्...

झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइनः रास्वपा सांसद कार्की

२०८३ वैशाख १६ गते १०:१५

काठमाण्डू, १६ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन । रास्वपा सांसद कार्कीले संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको बताएका छन...

निर्वाचनपछि पहिलोपल्ट सर्लाही–४ मा पुगे गगन

२०८३ वैशाख १६ गते १०:०८

काठमाण्डू, १६ वैशाख– गत २१ फागुनमा भएको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि कांग्रेसका सभापति गगनकुमार थापा पहिलो पटक सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका थिए । निर्वाचन परिणाम...

बुटवलमा स्कुटर दुर्घटना: दुई युवतीको मृत्यु, चालक गम्भीर घाइते

२०८३ वैशाख १६ गते ८:२२

बुटवल, १६ वैशाख- बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४ प५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११, कालिकानगरकी १८ वर्षीया...

उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ परेपछि…

२०८३ वैशाख १५ गते १७:११

काठमाण्डू, १५ वैशाख– २०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई सम्मान गरेको थियो । कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको...

अहिले राष्ट्रियसभा संसदीय दलको नेता फेर्नखोज्ने व्यवहार ठीक होइनः मीन विश्वकर्मा

२०८३ वैशाख १५ गते १६:३२

काठमाण्डू, १५ वैशाख– कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अहिले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने कुरा ठीक नभएको बताएका छन । पछिल्ला केहीदिन यता राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई फेर्ने कुरामा बहस चलिरहेको छ । मंगलबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीमा आयोजना...

रास्वपा सांसद पोखरेलसँग विद्यालयले उल्टै माग्यो माफी

२०८३ वैशाख १५ गते १६:२५

काठमाण्डू, १५ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलबाट थर्काइ खेप्ने विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका छन् । खिजीदेम्बा गाँउपालिका–२ रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रअ मगर र अध्यक्ष बुढाथोकीले मंगलबार...

पूर्णबहादुरको समीक्षाः २४ भदौको सिलसिला विशेष महाधिवेशन, विशेषकै जगमा रास्वपालाई दुई तिहाइ

२०८३ वैशाख १५ गते १६:२०

काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विशेष महाधिवेशन भदौ २४ गतेकै निरन्तरता भएको टिप्पणी गरेका छन । कांग्रेस आधिकारिताबारे निर्वाचन आयोगको निर्णय पनि त्यसैको निरन्तरता भएको बताउँदै उनले त्यसैको जगमा रास्वपाले दुई तिहाइ बहुमत हासिल गरेको समीक्षा आज आफ्ना पक्षका...

सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

२०८३ वैशाख १५ गते १६:१५

काठमाण्डू, १५ वैशाख– सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । ‘मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको छ ।...

सभापति गगन थापासँग भएको भेटबारे पूर्णबहादुर खड्काले गरे भेलामा ब्रिफिङ

२०८३ वैशाख १५ गते १४:३९

काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग भएको भेटको कुराकानीबारे आफ्नो समूहका नेताहरुको बैठकमा ब्रिफिङ गरेका छन् । आज (मंगलबार) महाराजगञ्जको स्मार्ट होटलमा भएको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा खड्काले सभापति थापासँगको भेटबारे ब्रिफिङ गरेका हुन् । उनले...

आयोजनाको म्याद पटक–पटक थपिरहनु कुशासन होः राजु पाण्डे

२०८३ वैशाख १५ गते १४:३१

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्ती र खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पाण्डेले यस्तो बताएका हुन । उनले आयोजनाहरूको म्याद पटक–पटक थपिने प्रवृत्तिलाई ‘कुशासन’को संज्ञा दिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us