समाचार

सरकारले थप्यो अर्को एक अध्यादेश, मध्यरातमा पुर्‍याइयो राष्ट्रपति कार्यालय

२०८३ वैशाख १७ गते ११:२७

काठमाण्डू, १७ वैशाख– सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पुर्याएको छ । बुधबार राति राष्ट्रपति कार्यालय पुर्‍याइएको अध्यादेशसँगै अहिलेसम्म सरकारले तयारी गरेको अध्यादेशको सङ्ख्या ७ पुगेको छ । राष्ट्रपति कार्यालय पुर्‍याएको पछिल्लो अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालन तथा नियुक्तिसम्बन्धी रहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले...

रविले धेरै भावुक नहुन चेतावनी दिएको भोलिपल्टै रिमाको प्रश्न: जनताले न्याय कसरी पाउँछन् सरकार ?

२०८३ वैशाख १७ गते ११:२१

काठमाण्डू, १७ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले पीडितले जाहेरीसमेत दर्ता गर्न नपाउने भएपछि जनताले कसरी न्याय पाउँछन् भन्दै सरकारलाई प्रश्न गरेकी छन । सामाजिक सञ्जालमार्फत सांसद विश्वकर्माले यस्तो प्रश्न गरेकी हुन् । उनले लेखेकी छन, ‘पीडित परिवारले किटानी...

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

२०८३ वैशाख १७ गते ११:१२

काठमाण्डू, १७ वैशाख– धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिकलाई बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेको थियो...

भेलाहरूलाई अनौठो रूपमा लिएका छैनौंः विश्वप्रकाश शर्मा

२०८३ वैशाख १७ गते १०:५२

काठमाण्डू, १७ वैशाख– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीका फरक विचार समूहले गरिरहेका भेलाहरूलाई अनौठो रूपमा नलिएको बताएका छन । गृहजिल्ला झापामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन । पार्टीको संस्थापनइतर समूहहरूले छुट्टाछुट्टै भेला गरिरहेका बेला उपसभापति शर्माको यस्तो धारणा...

निर्वाचन असामान्य, गहिरो अनुसन्धान आवश्यकः प्रचण्ड

२०८३ वैशाख १७ गते १०:४१

काठमाण्डू, १७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको तर्क गरेका छन । आज (बिहिबार) आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन र...

पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

२०८३ वैशाख १६ गते १७:५१

काठमाण्डू, १६ वैशाख– कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ । आज (बुधबार) समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष...

कसैलाई सुविधा दिन नभई सुधार गर्न अध्यादेश ल्याइएको होः सभापति लामिछाने

२०८३ वैशाख १६ गते १७:४६

काठमाण्डू, १६ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले केही कानुन बनाउन अध्यादेश ल्याएको बताएका छन । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेका बेला बुधबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि...

तरुण दलका अध्यक्ष गुरुङले दिए पदबाट राजीनामा

२०८३ वैशाख १६ गते १७:४२

काठमाण्डू, १६ वैशाख– तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन । आज (बुधबार) कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् । २०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले पार्टीले दिएको...

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग

२०८३ वैशाख १६ गते १७:३९

काठमाण्डू, १६ वैशाख– नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । आज (बुधबार) बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी संविधानवाद प्रतिकूल काम गर्न नहुने बताएका छन । बारले जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियालाई सम्मान गर्न...

काठमाण्डू उपत्यकामा हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अँध्यारो

२०८३ वैशाख १६ गते १७:३१

काठमाण्डू, १६ वैशाख– काठमाण्डू उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाण्डू उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो...

सर्वोच्चले माग्यो सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण

२०८३ वैशाख १६ गते १७:१८

काठमाण्डू, १६ वैशाख– सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो...

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छः रवि लामिछाने

२०८३ वैशाख १६ गते १६:५९

काठमाण्डू, १६ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन । आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सभापति लामिछानेले यसबारे जानकारी गराएका हुन । सभापति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us