समाचार

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा चलचित्रकर्मीको प्रदर्शन

२०८३ वैशाख १६ गते १६:४०

काठमाण्डू, १६ वैशाख– अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीले प्रदर्शन गरेका छन । उनीहरुले आज (बुधबार) काठमाण्डूको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकारहरू स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, फिल्मकर्मीहरू...

कांग्रेस राष्ट्रिय सभा सचेतकबाट रोकायालाई हटाइयो, परियार मनोनीत

२०८३ वैशाख १६ गते १६:३२

काठमाण्डू, १६ वैशाख– कांग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेका छन । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् । पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनलाई सचेतक पदमा...

रास्वपाका सांसदलाई रविका १२ निर्देशन

२०८३ वैशाख १६ गते १५:५९

काठमाण्डू, १६ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् । आज (बुधबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका हुन । सभापति लामिछानेले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र...

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौंः एमाले

२०८३ वैशाख १६ गते १५:४५

काठमाण्डू, १६ वैशाख– प्रतिपक्षी दल एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (बुधबार) विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै...

कृष्ण सिटौलाको पद खोसियो

२०८३ वैशाख १६ गते १२:५०

काठमाण्डू, १६ वैशाख– कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाएको छ । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई उक्त जिम्मेवारी दिएका हुन । आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३ं) को धारा...

खैरो हेरोइनसहित दुईजना पक्राउ

२०८३ वैशाख १६ गते १२:३९

काठमाण्डू, १६ वैशाख– प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेको प्रहरीले जनाएको छ । वैशाख...

विपद् अघिको पूर्वतयारी गर्न सुकुमबासीको विवरण मागिएको होः सेना

२०८३ वैशाख १६ गते १२:२५

काठमाण्डू, १६ वैशाख– काठमाण्डूको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण सङ्कलन गर्न सुरु गरीएको छ । सेनाले बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुमबासीको विवरण मागेको पत्र सार्वजनिक भएसँगै मानिसहरूले सेनाको आलोचना गरेका छन् । वैशाख १२ मा थापाथलीको...

फरार कैदी रुपन्देहीबाट पक्राउ

२०८३ वैशाख १६ गते १२:१९

काठमाण्डू, १६ वैशाख– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार पक्राउ गरिएको हो । थारु गत भदौ...

संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कमा ठिक मान्न सकिँदैनः कांग्रेस नेता खड्का

२०८३ वैशाख १६ गते ११:५९

काठमाण्डू, १६ वैशाख– कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कमा ठिक मान्न नसकिने तर्क गरेका छन । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सरकारले संसद् नबसेको बेला विशेष परिस्थितिमा अति आवश्यक र देशलाई धेरै हित हुने जस्ता विषयमा...

सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍योः उपाध्यक्ष पौडेल

२०८३ वैशाख १६ गते ११:५४

काठमाण्डू, १६ वैशाख– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत भएको बताएका छन । सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन । बुधवार २७ औँ यदु...

दुई सातामै बढ्यो सार्वजनिक यातायात भाडा

२०८३ वैशाख १६ गते ११:४७

काठमाण्डू, १६ वैशाख– यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जानकारी दिएको छ । अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी...

अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

२०८३ वैशाख १६ गते ११:४३

काठमाण्डू, १६ वैशाख– अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्ने भएको छ । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us