कृष्ण सिटौलाको पद खोसियो

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १२:५० मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाएको छ । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई उक्त जिम्मेवारी दिएका हुन ।

आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३ं) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् । सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए । पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us