खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १२:३९ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेको प्रहरीले जनाएको छ ।

वैशाख १४ मा पक्राउ परेका आरोपीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us