सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छः रवि लामिछाने

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन ।

आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सभापति लामिछानेले यसबारे जानकारी गराएका हुन । सभापति लामिछानेले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए ।

उनले भने, ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं, उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ ।

उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’ गुरुङ विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us