संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः ०० बजेदेखि संविधानविद् र कानुनविद्सँग छलफल सुरु भएको हो । छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us