नेकपाको महाधिवेशन ११–१५ मंसिरसम्म काठमाण्डूमा हुने

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १७:४० मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११–१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने तय भएको नेकपा एक नेताले जानकारी दिए । त्यस्तै, असारदेखि साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण गर्ने काम सकेपछि तल्लो तहको अधिवेशन गर्ने उल्लेख छ ।

१५ भदौसम्म वडा अधिवेशनहरू सम्पपन गर्ने, भदौ मसान्तसम्म पालिका अधिवेशनहरू सक्ने उल्लेख छ । असोज मसान्तसम्म जिल्ला अधिवेशन, १५ कात्तिकमा प्रदेश अधिवेशन सकेपछि राष्ट्रिय महाधिवेशन हुनेछ । महाधिवेशनको कार्याविधि पछि पठाइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us