माइतीघरको लफडामा शोभा र महेशको आ–आफ्नै दाबी

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएपछि पाठक र महेश दुवैले एक अर्कालाई आरोप लगाएका छन ।

आज (सोमबार) दिउँसो माइतीघरमा दुई महिला पाठक र बस्नेतबिच हात हालाहाल र भुतलाभुतल भएको थियो । घटनापछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

घटना लगत्तै पाठकले महेश बस्नेतकी श्रीमती र एमालेका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताएकी छन् । ‘म माइतीघर मण्डलामा बसिरहेको बेला न्यायप्रेमी पत्रकार र आमाबुवा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु ।

मेरो ज्यान मार्न आएको त्यो जमातलाई प्रहरी परिसर प्रमुख एमाले निकट भएको कारणले मलाई शङ्का छ’, पाठकले भनेकी छन्, ‘म यतिबेला ट्रमा सेन्टरमा छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us