नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

काठमाण्डु टुडे २०८३ वैशाख १३ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– संघीय सरकार र काठमाण्डू महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन आउन सुरु गरेका छन ।

शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घर बाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन सुरु गरेका छन ।

‘काठमाण्डूमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ । हामीले अब तपाँई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन ।

त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने । उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us