काठमाण्डू, १३ वैशाख– कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने घोषणा गरेका छन । उनले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा दाबी राखेको तर, निर्वाचन भने नलड्ने बताएका छन ।
‘म संसदीय दलको नेतामा निर्वाचन लड्दिन । म सांसद भएर आएपछि नै भन्दै आएको छु,’ केसीले भनेका छन, ‘मेरा कारणले दलको नेता चयन गर्न ढिलाइ भएको भनेर बाहिर ल्याउने काम भइरहेको छ । त्यो होइन ।
यस विषयमा मैले नेतृत्वलाई पहिला देखिनै भन्दै आएको छु ।’ उनले दलको नेतामा सहमति गर्दा निश्चित मापदण्ड बनाएर गर्न पनि नेतृत्वलाई अनुरोध समेत गरेका छन ।
आफूले कर्णालीको महिला, युवा र प्रत्यक्ष निर्वाचित महिला वासना थापालाई दलको नेता बनाउने भए आफू प्रस्तावक बस्न तयार रहेको पनि केसीले बताए ।