कांग्रेसले बोलायो अनुशासन समिति बैठक

काठमाण्डु टुडे २०८३ वैशाख १३ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

सचिव थापा मगरले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र ती उम्मेदवारका प्रस्तावक र समर्थक बनेका विरुद्ध परेको उजुरीबारे बैठकमा छलफल हुनेछ ।

त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us