काठमाण्डू, १२ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् विश्वराज पोखरेल आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका छन् ।
आफू निर्वाचन क्षेत्रमा गएका बेला स्वागतमा प्रधानाध्यापक नआएको भन्दै पोखरेलले गाली गरेका थिए । २१ फागुनमा सम्पन्न निर्वाचनमा पोखरेल
ओखलढुङ्गाबाट निर्वाचित भएका हुन् ।
आफूलाई माननीय बताउँदै उनले माननीय आउँदा प्रधानाध्यापक स्वागतमा आउनुपर्ने भन्दै धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ’, पोखरेलले भनेका छन्, ‘जिल्लाको माननीय आउँदा हेड मास्टर भित्र चुप लागेर बस्ने ?’ ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईपी) पोखरेल निर्वाचनअघि रास्वपा प्रवेश गरेका थिए ।